काठमाडौं । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् ।
महिला प्रहरी कर्मचारीमाथि मादक पर्दाथ सेवन गरेर अभद्र व्यवहार गरेको उजुरी परेपछि उनी निलम्बनमा परेका हुन् । उनलाई कात्तिक ३ मा गृहमन्त्रालयले निलम्बन गरेको हो ।
उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ । भट्टराईको ठाउँमा प्रहरी प्रधान कार्यालयले डीएसपी रवीन्द्र खनाललाई पठाएको छ ।
प्रतिक्रिया