काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ । अहिले यूएईले जबाफी ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको हो ।
पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४३ रनको साझेदारी गरे । कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । सन्दीप जोरा १०, गुल्सन झा ५ र सोमपाल कामी १३ रनमा आउट भए । करण केसी २३ रनमा अवजित रहे ।
प्रतिक्रिया