काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाको शनिबारको खेलमा नेपालले हङकङलाई दुई सय १४ रनको विशाल लक्ष्य दिएको छ ।
टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रन बनाएको हो । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धसतक पुरा गरे । मल्लले नौ छक्का र तीन चौका प्रहार गर्दै ९२ रनको योगदान गरे । दीपेन्द्रले पेभेलियन फर्किनुअघि दुई छक्का र ६ चौका हान्दै ५७ रनको योगदान गरे ।
ओपनर कुशल भुर्तेल दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए । सोमपाल कामी १२ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भए । आसिफ शेख १३ बलमा चार चौकाको मद्दतले २० रन बनाउँदै पेभेलियन फर्किए । कप्तान रोहित पौडेल एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भएका थिए ।
प्रतिक्रिया