काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ ।
हृदयघात भएपछि चीनको बेइजिङमा उपचाररत उनलाई नेपाली समयअनुसार शुक्रबार बिहान ९ बजे जनरल वार्डमा सारिएको हो ।
तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई बिहीबार हृदयघात भएको थियो । उनको पेकिंग युनियन मेडिकल कलेज अस्पतालमा उपचार चलिरहेको छ ।
प्रतिक्रिया