काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले साउदी अरबलाई ३४८ रनको विशाल लक्ष्य दिएको थियो । तर साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि ३०१ रनको फराकिलो अन्तरले जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए ।
अब नेपालले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नुपर्नेछ ।
नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेले । उनी १४२ रन बनाएर आउट भए । अर्का ब्याटर आकाश त्रिपाठीले ८९ रनको महत्वपूर्ण योगदान गरे भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।
प्रतिक्रिया