काठमाडौं । नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानका सबै जहाज सञ्चालनमा आएका छन् । प्राविधिक समस्या आएका कारण ग्राउण्डेड जहाजहरु सबै सञ्चालनमा आएको निगमले बताएको छ । निगमसँग अहिले कुल ४ वटा जहाज छन् । २९ असोजदेखि सबै जहाज नियमित उडानमा रहेको निगमले जनाएको छ । यसबाट चाडपर्वका अवसरमा सबै यात्रुहरुलाई आ–आफ्नो गन्तव्यमा पुग्न सहज हुने निगमले जनाएको छ ।
अल्पकालीन प्राविधिक समस्याको कारण उडान प्रभावित भई यात्रुमा परेको असुविधा प्रति निगमले क्षमायाचना समेत गरेको छ । आगामी दिनमा यस्ता समस्या न्यूनीकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान निगम प्रतिबद्ध रहेको जनाएको छ ।
कार्यकारी अध्यक्ष युवराज अधिकारीले यस्ता समस्या दोहोरिन नदिने गरी काम गर्न सम्बन्धित प्राविधिक विभागहरुलाई कडा निर्देशन दिएका छन् । प्रबक्ता रमेश पौडेलका अनुसार कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाज ग्राउण्डेड हुनुका कारणहरुबारे स्पष्ट पार्न र कतै कसैको कमि कमजोरी भएमा कडा कार्वाही समेत हुने निर्देशन दिएका छन् ।
प्रतिक्रिया