काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । यसका लागि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीहरूलाई छलफलमा बोलाएका छन् ।
आज अपराह्न ४ बजे देउवा निवास धुम्बाराहीमा पदाधिकारी बैठक डाकिएको छ । बैठकका एजेन्डा भने खुलाइएको छैन् । कोसी प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र अबको रणनीतिबारे छलफल हुन सक्ने बताइएको छ ।
प्रतिक्रिया