आजदेखि नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ ।
नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार र छठलाई लक्षित गरेर आज देखी नयाँ नोट साटन पाइने भएको हो ।
जसका लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सर्व साधारणलाई दिदैँछ । जसअनुसार नेपाल राष्ट्र बैङ्कले काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्ने सुविधा दिएको हो ।
उता, काठमाडौँ उपत्यका बाहिरको हकमा भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा विभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नयाँ नोट साट्न सकिने गरी व्यवस्था मिलाएको छ ।
राष्ट्र बैङ्कले हरेक वर्ष दशै अगावै चाडबाडको अवसरमा नयाँ नोट सटहीको सुविधा सर्बसाधारणलाई दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र एक सय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैकले जनाएको छ । प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैङ्कले जनाएको छ ।
प्रतिक्रिया