काठमाडौ । काभा पुरुष भलिबल च्यालेन्जमा नेपालले आज शनिबार उज्वेकिस्तानसँग खेल्दैछ । कोलम्बोको सुगथदसा इन्डोर हलमा नेपालले लिग चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ ।
शुक्रबार नेपाल साउदी अरबसँग पराजित भएको थियो । लिग चरणको पहिलो खेलमा बंगलादेशलाई हराएर शानदार सुरुआत गरेको नेपाल दोस्रो खेलमा आयोजक श्रीलंकासँग सोझो सेटमा हारेको थियो ।
तेस्रो सेटमा अफगानिस्तानलाई हराएको नेपाल चौथों खेलमा साउदी अरबसँग हारेको थियो । चौथों खेल साउदीसँग गुमाएको नेपालले अब काँस्य पदक जित्न सक्ने सम्भावना छ । उसले त्यसका लागि लिग चरणमा हराएको अफगानिस्तानलाई पराजित गर्नुपर्नेछ ।
एसियन गेम्समा सहभागी भएर नेपाली भलिबल टिम काभा च्यालेन्ज खेल्न श्रीलंकामा रहेको छ ।
प्रतिक्रिया