देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित

देशान्तर


काठमाडौं । सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । बैंकको गत शुक्रबार सम्पन्न १७औँ वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसअघि बैंकको अध्यक्षमा राजनसिंह भण्डारी रहेका थिए ।
बैंकका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन् । अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पु¥याउने प्रतिवद्धता जनाएका छन् । पाण्डे नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भई नेतृत्वदायी भूमिका निभाइरहेका पाण्डेको अनुभवी नेतृत्वमा अझ बढी सफलता प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।
संस्थापक शेयरधनी पाण्डे मर्जर तथा एक्विजिसन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो । पाण्डे कसमस सिमेन्ट र इस्टर्न कसमसमा पनि निर्देशक छन् । लोमस फर्मास्यूटिकल्समा सञ्चालक रहेका पाण्डे निजी क्षेत्रबाट सञ्चालित डाटा हबमा समेत आवद्ध छन् ।
त्यस्तै, १७ औं वार्षिक साधारण सभाबाट सीता कार्की (के. सी.), सजन शर्मा, दिग्विजय विष्ट, सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् । बैंकमा ७ जना सञ्चालक रहेकोमा सर्वसाधारणहरुको तर्फबाट प्रकाशचन्द्र मैनाली, विजयध्वज कार्की र स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली रहेका छन् ।