काठमाडौं । काठमाडौंको गैरीगाउँमा ४ जनाको सामूहिक हत्या अभियोगमा २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर भएको छ । भन्डारीलाई आजीवन काराबासको मागदाबीसहित मुद्दा दायर भएको हो ।
अनुसन्धान सकेर बुधबार प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । व्यक्तिगत प्रतिशोधका कारण हत्या भएको प्रहरीको निष्कर्ष छ ।
आरोपीले रिसिबी साँधेर एक व्यक्तिको हत्या गरेको र उक्त घटना भएको देखेपछि घटना बाहिर जान नदिन एकै परिवारका अन्य तीनको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया