काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दा हेर्न नमिल्ने भन्दैे पूर्ण इजलासले अर्को इजलासमा पेस गर्न आदेश दिएका छन् ।
यस्तै प्रकृतिको मुद्दामा आफूले यसअघि नै फैसला गरिसकेको कारण यो मुद्दा हेर्न नमिल्ने भन्दैे पूर्ण इजलासले अर्को इजलासमा पेस गर्न आदेश दिएका हुन् ।
न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीले पनि आफूहरुले समेत यस्तै प्रकृतिको मुद्दा हेरिसकेको कारण अन्य न्यायाधीशको इजलासबाट सुनुवाइ हुनु उत्तम हुने भन्दै रिक्युजलको घोषणा गरेका छन् ।
खाजा समय अघि बहस सुनेका न्याधीसहरुले खाजापछिको इजलासमा आफूहरुले हेर्न नमिल्न भनेर महान्यायाधिवक्ता र रिट निवेदकलाई जानकारी गराएका थिए । त्यसपछि अन्य न्यायाधीशको इजलासमा सुनुवाइ गर्न उपर्युक्त हुने भन्दै अर्को पेशी कात्तिक १४ गतेलाई तोकिएको छ ।
प्रतिक्रिया