देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार विस्तार छोडेर राजपाको माग सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री

देशान्तर

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सरकार संविधान संशोधा निवेयक पारित गराउनका लागि बहुमत जुटाउने गृहकार्यमा लागेको छ । पारित गराउनन दुई तिहाइ बहुमत नरहेकाले सरकारले राप्रपा नेपालसहितका साना दलरुहलाई समेटी विधेयक पारित गराउनका लागि बुहमत जुटाउने गृहकार्यमा लागेको हो ।

प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तार गर्न छाडेर नै राजपाको माग सम्बोधन गर्न संशोधन विधेयक पारित गराउने गृहकार्यमा लागेका छन् । उनले सत्तारुढ दल माओवादी केन्द्रलगायतका दलसँग दैनिक रुपमा छलफल गर्नुका साथै राप्रपालाई पनि संशोधनको पक्षमा ल्याउने गृहकार्य गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले कुनै पनि हालतमा विधेयक पारित गर्न नदिने अडान लिँदै आएको छ । पारित गर्न नदिनका लागि एमालेसहितको ९ दलिय गठबन्धन बनाएर नै उसले विरोध गर्दै आएको छ । नेपाल समाचारपत्रमा यो समाचार छ ।