काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको निवेदन न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा परेको छ । थुनामुक्त भई मुद्दाको पुर्पक्ष गरिपाउँ भनी उच्च अदालतमा पाटनमा दर्ता गरिएको निवेदन बिहीबार सुनुवाइका लागि पेशी तोकिएको हो ।
पूर्व गृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायतले गत साउन १२ गते दर्ता गराएको रिट यसअघि ४ पटक पेशीमा चढिसकेको छ ।
उनीहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा रहेको छ ।
प्रतिक्रिया