देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री आफैं जाने

देशान्तर

काठमाडौं । इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन् । नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने तय भएको छ ।
उक्त क्षेत्रमा तनाव बढ्दै गएपछि नेपाल सरकारको समन्वयमा इजरायली सुरक्षा संयन्त्रले उनीहरूलाई सुरक्षित स्थानमा सारेको छ ।
यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले इजरायलबाट घर फर्किने चाहना भएका नागरिकहरुलाई स्वदेश फर्काउनका लागि प्रभावकारी पहल गर्न सरकारलाई आग्रह गरेको छ ।
सरकारलाई पत्र पठाउँदै आयोगले १० नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरुको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता रहेका नेपालीहरुको तत्काल खोजी गर्न, अप्ठ्यारोमा परेकाहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न पनि आग्रह गरेको हो ।