काठमाडौं । टर्कीएका राष्ट्रपति रेसेप तैय्प एर्दोगानले हमास–इजराइल द्वन्द्वको मध्यस्थताका लागि प्रस्ताव गरेका छन् । उनले यसका लागि आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने बताएको टर्कीमा रहेको अनाडोलु समाचार समितिले जनाएको छ । “यदि दुवै पक्षले अनुरोध गरेको खण्डमा बन्दीहरूको आदानप्रदानसहित कुनै पनि प्रकारको मध्यस्थताका लागि टर्की तयार रहेको म बताउन चाहन्छु” एर्दोगानले भने “हामीले केही समयदेखि कायम राख्दै आएको हाम्रा कूटनीतिक सम्पर्कहरूलाई निरन्तरता दिइरहेका छौँ र पछिल्ला दिनमा हामीले यसलाई अझ गति दिएका छौँ ।”
आतङ्ककारी समूह हमासले इजराइलमा अप्रत्याशित आक्रमण गरेपछि राष्ट्रपति एर्दोगानको उक्त टिप्पणी आएको हो । हमासको आक्रमणसँगै इजराइललाई युद्धको घोषणा गर्न बाध्य बनाएको थियो । युद्ध नैतिक बन्धनको अधीनमा रहेकोमा जोड दिँदै टर्किएका राष्ट्रपतिले भने, “दुवै पक्ष यो नैतिक बन्धनको पालना गर्न बाध्य छन्, हामीले सधैँ भने जस्तो न्यायपूर्ण शान्तिमा कसैले पनि हार्दैन ।”
उनले े इजरायललाई प्यालेस्टिनी क्षेत्रहरूमा बम आक्रमण रोक्न र प्यालेस्टिनीहरूलाई इजराइलमा नागरिक बस्तीहरूमा उत्पीडन रोक्न आग्रह गरेका छन् । उनले मानवीय विवेक प्रयोग गर्न आग्रह गर्दै यस्तो मध्यम कदमले शान्तिको ढोका खोल्ने बताए ।
“हवाई तथा जमिन आक्रमणबाट गाजाको विनाश, मस्जिदमा बम आक्रमणका साथै अबोध बालबालिका, महिला, वृद्ध र नागरिकहरूको मृत्यु कहिल्यै स्वीकार्य छैन”, उनले भने । यसैबीच इजराइलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुगेको सेनाले जनाएको छ । इजराइलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताका अनुसार “मृत्यु हुनेको सङ्ख्या एक हजार दुई सय पुगेको छ”, आईडीएफका प्रवक्ता मारिनेहरूमा अधिकांश सर्वसाधारण रहेका छन् । ।
यसैबीच इजराइलले गाजापट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको हमास सरकारका एक अधिकारीले बुधबार बताएका छन् ।
हमास सरकारको सञ्चार कार्यालयका प्रमुखका अनुसार इजराइली हमलामा दर्जनौँ आवासीय भवन, कारखाना, मस्जिद र पसलहरू प्रभावित भएका छन् । इजराइली सेनाले रातको समयमा हमासका थुप्रै लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ ।
प्रतिक्रिया