काठमाडौँ । चेतन मानन्धरको हत्या गरेका योगराज ढकाल ‘रिगल’ को कैद सजाय मिनाहा गरेको विरोधमा बुधबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।
मानन्धर पत्नी भारती शेर्पा पक्षधर तथा युवा अभियन्ताहरूले दबाब पूर्ण प्रदर्शन गरेका छन् । राष्ट्रपतिको राजीनामा माग्दै नारा लगाएर उनीहरू माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण खबरदारी तथा विरोध ¥यालीको आयोजना गरेका हुन् ।
सर्वोच्च अदालतले राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिट निवेदनका सम्बन्धमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । साथै उक्त रिट निवेदनलाई पूर्ण इजलासमा सुनुवाइ हुने गरी पेसी तोक्नसमेत आदेश भएको छ ।
प्रतिक्रिया