काठमाडौं । कोशी प्रदेश सरकार गठनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसँग अध्यक्ष लिङदेनबीच
समसामयिक राजनीतिक घटनाक्रम, कोशी सरकार गठन लगायतको विषयमा छलफल भएको हो । छलफलमा प्रधानमन्त्रीले कोशी सरकार गठनको लागि राप्रपाको सहयोग मागेका थिए । तर राप्रपाले यस बारेमा ठोस जवाफ दिएको छैन् ।
दुई नेता बीच फेरी छलफल गर्ने सहमती भएको छ ।
आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । यसकालागि कांग्रेस सभापती शेर बहादुर देउवाले राप्रपा अध्यक्ष लिङदेनसंग छलफल गर्ने कांग्रेसले जनाएको छ ।
कोशीमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको दाबी गर्न असोज २६ गते सम्मको समय दिएका छन् ।
प्रतिक्रिया