काठमाडौँ, । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई नियमन र व्यवस्थापन गर्न सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ छिट्टै ल्याउने तयारी गरिरहेको जानकारी दिएकी छन् । प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी सोमबारदेखि सुरु गरेको तीन दिने ‘एड्भान्स पत्रकारिता तालिम’को सुरुवात गर्दै मन्त्री शर्माले सामाजिक सञ्जालमा सद्भाव खलबलिने किसिमको समाचार नलेख्न आग्रह गरिन् ।
त्यस अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पत्रकार महिलालाई लक्षित गरी प्रविधि क्षमता वृद्धि गर्न तालिम सञ्चालन गरेको बताए । उनले समावेशी पत्रकारिता बनाउनका लागि महिलालाई सक्षम, सबल र दक्ष बनाउन यस तालिमले सहयोग पु¥याउनेमा विश्वास व्यक्त गरे ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिलालाई विस्थापित हुनबाट बचाउन प्रविधिमा सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको जानकारी दिए ।
असोज २४ गतेसम्म सञ्चालन हुने तालिममा बागमती प्रदेशका २० महिला पत्रकार सहभागी छन् ।
प्रतिक्रिया