काठमाडौँ । माओवादी केन्द्रले सर्वदलीय बैठकको निचोड र सत्तारुढ गठबन्धनसँग छलफल गरेर मात्रै विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ ।
सोमवार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आजै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पनि विद्यालय शिक्षा विधेयकको सम्बन्धमा छलफल हुने भन्दै सो छलफलको निचोडपछि मात्रै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । त्यस्तै संशोधन प्रस्ताव दर्ता अघि सत्तारुढ गठबन्धनका दलहरूसँग पनि कुराकानी गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया