काठमाडौं । भेप मार्फत भएको सुन तस्करी प्रकरणमा सीआईबीले माओवादी नेता कृष्णबहादुर महरालाई मुद्धा चलाउन नपर्ने निष्कर्ष निकालेको छ । तर उनका छोरा का छोरा राहुल महरालाई भने मुद्दा चलाउन सिफारिस गरेको छ । सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयलाई शुक्रबार बुझाएको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयले अध्ययन गरेर अभियोगपत्र तयार गर्नेछ । सुन तस्करी र संगठित अपराधमा अभियोग पत्र दायर गर्ने सरकारी तयारी छ । राहुलसहित तीन जना दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङ विरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियमित जाँचका क्रममा गत माघ २९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान भेप बरामद गरेको थियो ।
प्रतिक्रिया