देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामाजिक एकता र समग्र सद्भावका लागि कांग्रेसको अपिल :सामाजिक सद्भावमा प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोष्ट नगर्न महामन्त्री थापाको आग्रह

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले बाँके घटनाले सामाजिक एकता र सद्भावनामा खलल् पु¥याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै सांस्कृतिक, धार्मिक, राजनैतिक एवं गरेका छन् । 

“केही दिन यता बाँकेमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल् पुर्‍याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सद्भावका लागि अपिल गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सद्भावमा प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेका छन् । हिंसा भड्काउने तथा सामाजिक विद्वेष फैलाउने अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार कसैले गरेमा सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न पनि उनले आग्रह गरेका छन् । धार्मिक आस्था फरक फरक भएपनि सबैमा मानवतावाद, शान्ति र धार्मिक तथा सांस्कृतिक सहिष्णुता रहेको थापाले उल्लेख गरेका छन् । समाजमा सद्भाव कायम गर्न नेतृत्वदायी तथा उदाहरणीय भूमिका निर्वाह गर्न उनले कांग्रेसका नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।