काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसबिनाको सरकारको कल्पना गर्न नसकिने बताएका छन् । मेचीमहाकाली समाजवादी जागरण अभियानको क्रममा बुधबार जनकपुरधाम पुगेका पूर्वप्रधानमन्त्री नेपालले अहिलेको संसदको संरचनामा शक्ति सन्तुलन मिलाउन कांग्रेस अपरिहार्य भएको धारणा राखेका हुन् । नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्न खोजिरहेको तर पर्याप्त नभएको बताए । नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य आफूहरूले पुष्टि गरिसकेको दाबी गरे ।
उनले को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर र कहिले आउँछ भनेर ढुकेर बस्ने बेला नभएको बताए । अहिले भएको सरकारलाई अघि बढाउने र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा यो सरकारलाई अघि बढाउने पक्षमा भएको बताए । उनले कोशीमा पनि पार्टीले गठबन्धन सरकारलाई असर पर्ने गरी अर्को गठबन्धन नबनाउने पनि बताए । उनले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपीलसमेत गरे ।
प्रतिक्रिया