देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेको प्रदेश अधिवेशन – कर्णाली प्रदेशमा गुलावजंग शाहको सुरुवाती अग्रता :कोशी प्रदेशको मतगणना बेलुका: गण्डकीको अधिवेशन सुरु

देशान्तर

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ । अध्यक्षका उम्मेदवार गुलावजंग शाहले सुरुवाती अग्रता लिएका छन् । १०० मत गन्दा शाहले ५२ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । अध्यक्षका अर्को उम्मेदवार मीनबहादुर शाहीले ३८ मत प्राप्त गरेको निर्वाचन कमिटीले जनाएको छ । प्रदेश अध्यक्षकै अर्का उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका छन् । उपाध्यक्षमा टेकराज पछाई ४६ मत सहित अघि छन् । लालबहादुर महतराले ३८ र दानसिंह परियारले ११ मत पाएका छन् ।सचिवमा ध्रुवकुमार शाही ६५ मतसहित अघि छन् भने रुद्रबहादुर शाहीले २७ मत पाएका छन् ।

यता नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयका लागि भएको निर्वाचनको मतगणना बेलुका ५ बजेदेखि गरिने भएको छ । आइतबार राति भएको निर्वाचनमा ९९७ प्रतिनिधि मध्ये ९७७ मत खसेको थियो । प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा उम्मेदवार छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन् । २१५ सदस्यीय प्रदेश कमिटी मध्ये उपाध्यक्ष टीकाराम चेम्जोङसहित ४९ जना सदस्य सर्वसम्मत निर्वाचित भएका थिए ।

गण्डकीमा पनि दुई समूह एमाले गण्डकीको नेतृत्व हत्याउन दुई समूह लागेका छन् । एमाले केन्द्रीय उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीका छुट्टाछुट्टै समूह चुनावी प्रतिस्पर्धामा उत्रन लागेका छन् । गण्डकीको अधिवेशन सोमबार सुरु भएको छ । लुम्बिनी र बागमती प्रदेशका अधिबेशन यस अघि सम्पन्न भैसकेको छ ।