काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका बहालवाला सचिव मधु मरासिनीसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सचिव मरासिनीसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका अध्यक्ष र कार्यकारी निर्देशकविरुद्ध नेशनल पेमेन्ट गेटवे प्रकरणमा सोमबार विशेष अदालतमा अभियोगपत्र दायर भउको हो ।
६ वर्षअघि खरिद गरेको नेशनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा नल्याएको, आवश्यक पूर्वधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर राज्यलाई २५ करोड नोक्सानी पुर्याएको आरोप पत्रमा उल्लेख छ । सचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आयोगले सचिव मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वसचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्मासहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया