काठमाडौँ । सडक व्यवसायीहरूले आइतबार काठमाडौँमा धन्यवाद र्यालीको गरेका छन । सडक व्यवसायीहरूले रत्नपार्कदेखि काठमाडौँ महानगरपालिकाको कार्यालयसम्म प्लेकार्ड बोकेर र्याली गरेका हुन् । सडक व्यवसायीसँग अभियन्ता ईः पनि रहेका थिए ।
ईः कै पहलमा काठमाडौँ महानगर सडक व्यवसायीहरूको व्यवस्थापन गर्न तयार बनेको हो । साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबिच चार बुँदे सहमति भएको थियो ।
प्रतिक्रिया