देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टिभी एन्करसँगको सम्बन्धका कारण चिनियाँ विदेशमन्त्री वर्खास्त !

देशान्तर

जुलाईमा चीनका तत्कालीन विदेशमन्त्री चिन गाङलाई उनको पदबाट हटाइयो। गाङ चिनियाँ राष्ट्रपति सी जिनपिङको निकटतम व्यक्तिमध्ये एक थिए। एक टिभी एन्करसँगको सम्बन्धका कारण उनलाई परराष्ट्रमन्त्री पदबाट हटाइएको सार्वजनिक भएको छ ।

गाङको एक टिभी एन्करसँग अतिरक्त वैवाहिक सम्बन्ध थियो। रिपोर्टमा उनले सरोगेसीको सहयोगमा बच्चा जन्माएको पनि बताएको छ । गाङको हङकङस्थित चिनियाँ प्रसारक फिनिक्सका प्रख्यात टक शो एङ्कर फु सियाओटियनसँग सम्बन्धमा थिए।

सीएनएन रिपोर्टले दुई व्यक्तिलाई उद्धृत गर्दै भनेको छ कि उनीहरूले साझा साथीबाट जिओटियानले सरोगेसीको सहयोगमा बच्चा जन्माएको कुरा सुनेका थिए। यद्यपी उनले यो बालकको बाबु को हो भन्ने भने खुलाएनन् । चिनियाँ सञ्चारमाध्यमले गाङलाई उनको पदबाट हटाउन हरसम्भव प्रयास गरे पनि चिनियाँ सरकारले गाङलाई बर्खास्त गर्ने विषयमा केही भनेको छैन ।

सीएनएन न्युजका अनुसार बुधबार पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयलाई गाङका बारेमा प्रश्न सोधिएको थियो तर चिनियाँ विदेश मन्त्रालयले यो प्रश्न कुनै कूटनीतिक मुद्दामा न सोधेको भन्दै त्यसलाई बेवास्ता गरेको थियो । वाल स्ट्रिट जर्नलको रिपोर्टका अनुसार गाङले चिनियाँ अधिकारीहरूलाई विवाहबाह्य सम्बन्धका कारण आफूलाई पदबाट हटाएको बताएका थिए ।