प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको छेन्दु जाँदै छन् ।
गत शनिवार देखी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड छेन्दु जान लागेका हुन् ।
हिजो मानसरोवर र कैलाश दर्शन गरेका प्रधानमन्त्री प्रचण्ड ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।
छेन्दुमा पान्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने प्रधानमन्त्री प्रचण्डले साँझ भने चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओ सँग भेटवार्ता गर्ने र प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओ ले आयोजना गरेको रात्रि भोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।
राष्ट्र सङ्घीय सभालाई सम्बोधन गरेर प्रधानमन्त्री सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका हुन । उनले सो क्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भेटवार्ता गरेका थिए भने एसियाली खेलकुदमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डलाई समकक्षी चिनियाँ प्रधानमन्त्रीले बेइजिङमा भव्य सम्मान गरेका थिए ।
त्यसपछि तिब्बत यात्रामा निस्केका प्रधानमन्त्री प्रचण्ड मानसरोवर र कैलाश दर्शनका लागि हिजो पुगेका थिए ।
प्रतिक्रिया