देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले बागमतीको भावी नेतृत्वका लागि आज मतदान हुँदै

देशान्तर

नेकपा एमाले बागमती प्रदेश कमिटीको भावी नेतृत्वका लागि आज मतदान हुँदै छ । 

अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पनि तीन जनाले उम्मेदवारी फिर्ता लिए पछि आज निर्वाचन हुन लागेको हो । निर्वाचन च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । 

अध्यक्षका लागि रामेछापका कैलाश ढुङ्गेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले उम्मेदवारी दर्ता गराएको थिए । तर, अब ढुङ्गेल र दाहाल बिच मात्रै प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार ढुङ्गेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा बचन देउजा छन् भने मकवानपुरका दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् ।

विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बागमती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने भनिएको थियो  । तर, सहमतिको प्रयासका लागि हिजो मतदान गराएको थिएन । जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।