देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण सम्झौता : रक्षामन्त्री खड्का

देशान्तर

काठमाडौँ। नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण सम्झौताहरु भएको बताएका छन् ।  आज पूर्वी सुर्खेतको बोटेचौरमा भेरी कोरिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै खड्काले सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री खड्काले नागरिक सुशासनलाई केन्द्रमा राखेर एउटा प्याकेजमै कार्यक्रम ल्याउने तयारी गरिहेको बताए ।  साथै खड्काले कर्णाली निर्माण र समृद्धिका लागि राष्ट्रिय नेताहरुको समेत ध्यान केन्द्रित गराइएको बताए । एकताको भावबाट देश विकास र समृद्धि‌ सम्भव रहेको उनले बताए । उनले रुस र युक्रेनबीचको युद्धका कारण अर्थतन्त्रमा असर परेको बताए ।