देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल क्रिकेट संघको केन्द्रिय सदस्यमा दाङका प्रदीप मजगैया निर्बिरोध

देशान्तर

काठमाडौं ।नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रिय सदस्यमा दाङका प्रदीप मजगैया निर्बिरोध निर्वाचित भएका छन्। प्रदीप लुम्बिनी प्रदेशबाट केन्द्रिय सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

उनी संगै केन्द्रीय कार्यसमितिमा ६ जना निर्बिरोध निर्वाचित भएका छन् । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का, महिला सदस्यमा जयन्ती देवी भट्ट र कर्णाली प्रदेशमा श्रीधर केसी निर्विरोध भएका हुन् । यस्तै संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् ।

कुल ८५ मतदाता रहेकामा ७५ मत गनिसक्दा पारसले जितका लागि आवश्यक ४३ मत पाएका हुन् । पारसले ४३ मत पाउँदा प्रशान्तले ३२ मत पाएका छन् । यद्यपि मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ ।