काठमाण्डौँ । अधिकार तथा स्वतन्त्रताका लागि खाडी संगठनले कतारमा श्रमिक अधिकारको सुरक्षाका लागि अन्तर्राष्ट्रिय श्रम संगठन र संयुक्त राष्ट्रसंघसँग अनुरोध गरेको छ । कतार सरकारले जबरजस्ती वार्षिक विदा नदिने निर्णय गरेपछि यसले आप्रवासी कामदारलाई मर्का पर्ने भन्दै संगठनले यस्तो अनुरोध गरेको हो ।
संगठनले कतारले गरेको यो निर्णयले श्रमिक अधिकारको उल्ङघन भएको बताएको छ । वार्षिक विदा नहुदा कामदारमाथि शारीरिक र मानसिक तनाव बढ्ने भन्दै यसले दुर्घना निम्त्याउने र निमार्ण क्षेत्रमा काम गर्ने कामदारलाई धेरै मर्का पर्ने संगठनका प्रवक्ता मोहम्मद हेयफले बताए । कतारको यो निर्णयले मानवअधिकारको हनन हुने गरेको उनको भनाई छ ।
कतारमा झण्डै साढे चारलाख नेपाली कार्यरत छन् । एक महिना अघिदेखि कतारलाई छिमेकी देशले प्रतिबन्ध लगाएपछि त्यहाँ रहेका नेपालीको रोजगारी पनि सङ्कटमा पर्ने आँकलन गरिँदै आएको छ । वैदेशिक रोजगार विभागका अनुसार संकटपछि कतार जाने नेपालीको संख्या घटेको छ ।
प्रतिक्रिया