राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनमा समवेदना व्यक्त गर्नु भएको छ ।
राष्ट्रपति पौडेल संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनु भएको छ । नेम्वाङको अप्रत्यासित निधनप्रति दुख व्यक्त गर्दै राष्ट्रपति पौडेलले शोकाकुल परिवारलगायतमा समवेदना ब्यत्त गर्नुभएको छ ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि नेम्वाङको निधनबाट मर्माहत भएको भन्दै शोक ब्यत्त गर्नु भएको छ । नेम्वाङको निधन भएसंगै सामाजिक संजालमा प्रधानमन्त्री प्रचण्डले शोककाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया