देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तान सामू भारतको ३ सय ५७ रनको लक्ष्य

देशान्तर

काठमाडौं । केएल राहुल र विराट कोहलीको शतकमा भारतले जितका लागि पाकिस्तान सामू ३ सय ५७ रनको लक्ष्य दिएको छ । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत आफ्नो पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायो । 

आईतबार भारतले २४ दशमलब १ ओभरमा १ सय ४७ रन बनाउँदा निरन्तरको वर्षाका कारण खेल स्थगित भएको थियो । 

आईतबार स्थगित खेल आज भएको थियो । भारतका लागि केएल र विराट कोहलीले अविजित शतकीय ईनिङ खेले । तेस्रो विकेटका लागि राहुल र विराटले १ सय ९४ बलमा २ सय ३३ रनको साझेदारी गरेका थिए ।

कोहलीले यसै खेलमा आफ्नो १३ हजार रन समेत पूरा गरेका थिए । राहुलले १ सय ६ बलमा १२ चौका र २ छक्काको सहयोगमा अविजित १ सय ११ रनको ईनिङ खेले । कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा अविजित १ सय २२ रनको ईनिङ खेले ।शुभमन गिल, रोहित शर्माले अर्धशतक बनाएका थिए । पहिलो विकेटका लागि रोहित र गिलले १ सय बलमा १ सय २१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । 

गिलले ५२ बलमा १० चौकाको सहयोगमा ५८ रन बनाए । कप्तान शर्माले ४९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाए । पाकिस्तानका लागि सादाब खान र शाहिन शाह अफ्रिदीले समान १/१ विकेट लिए ।