देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमति प्रदेशका तिन जिल्लामा आज बिदा,काठमाडौंमा शोक बिदा

देशान्तर


चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक बिदा दिइएको छ । बाग्मती प्रदेश सरकारको केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो ।आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठका अनुसार प्रदेश सरकारले मकवानपुर, चितवन र धादिङ जिल्लामा आज सार्बजनिक बिदा दिईएको जानकारी दिएका छन ।

उनका अनुसार अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा आज सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । प्रदेश सरकार सबै भाषा, धर्म, सम्प्रदाय, जातजातिको पहिचान र संस्कृतिको सम्मानमा अग्रसर रहेको भन्दै कानुनमन्त्री श्रेष्ठले न्वागी पर्वका अवसरमा प्रदेशवासीमा आपसी भाइचारा र आत्मीयता बढोस् भन्दै शुभकामनासमेत व्यक्त गरेका छन् ।

यसैविच काठमाडौँ महानगरपालिकाले आज महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ । काठमाडौं–१६ का वडाध्यक्ष मुकुद रिजालको निधनमा महानगरले आज बिदा दिने निर्णय गरेको हो । उनको उपचारको क्रममा बिहिवार निधन भएको थियो । उच्च ज्वरो र निमोनियाँ देखिए पछि रिजाललाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो तर हिजो बिहान उनको निधन भएको हो ।