देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसिया कपमा भारतसँग नेपाल पराजित  

देशान्तर

श्रीलंका ।  नेपाल एसिया कपको सुपर फोरमा पुग्न असफल भएको छ । श्रीलंकमा आज भएको भारतविरुद्धको खेलमा उत्कृष्ट प्रर्दशन गरे पनि लगातारको पानीले ओभर कम गरिएको खेलमा भारत १० विकेटले विजयी भएको छ ।

दोस्रो इनिङ सुरु भएपछि पानी परेपछि २३ ओभरमा भारतले नयाँ लक्ष्य पाएको थियो । भारतले १४५ रनको लक्ष्य पाएको हो । जुन लक्ष्य भारतले २०.१ ओभरमा कुनै पनि विकेट नगुमाएर पूरा गरेपछि नेपाल प्रतियोगितबाट बाहिरियो । नेपाल पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा भारतसँग पराजित भएको हो । 

 पहिलो पटक एसिया कप खेलेको नेपालले उद्घाटन खेलमा पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पारजित भए पनि आज भारतविरुद्ध भने उत्कृष्ट खेलको नमूना नै पेश गरेको थियो । नेपालका आशिफ शेखले अर्धशतकीय पारि खेल्दा सोमपाल कामी अर्धशतक बनाउन २ रनले पछि परे ।

भारतीय टिमका कप्तान रोहित शर्माले टस जितेर नेपाललाई ब्याटिङ गर्न बोलाएका थिए । पहिलो खेलमा भारतले पाकिस्तानविरुद्ध ब्याटिङ गरेकाले आज बलिङ गर्ने निर्णय लिएको बताएका थिए ।

भारतीय क्रिकेट विश्लेषकहरुको अनुमानविपरित र टस भन्दा अगाडिको विश्लेषण भन्दा ठिक विपरित नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । भारतीय क्रिकेट विश्लेषकहरुले नेपाली टिम २५ ओभर भन्दा बढी नटिक्ने भविष्यवाणी गरेका थिए । तर नेपाली ब्याटरहरुले उत्कृष्ट खेलको नमुना प्रस्तुत गर्दै निर्धारित ओभरको १० बल बाँकी हुँदा २३० रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेका थिए ।

भारतीय पक्षको फिल्डरको प्रर्दशन उत्कृष्ट रहेन । विकेटकिपर इशान किशन, श्रीयस अय्यर, विराट कोहलीले सुरुमै क्याच छोडेका थिए भने एक पटकको एलबीडब्ल्यू आउटलाई रिभ्यू मार्फत करेक्सन भएपछि नेपालले पहिलो विकेटको रुपमा ६५ रनको साझेदारी गरेको थियो ।

९.५ ओभरमा कुशल भुर्तेल पहिलो विकेटको रुपमा आउट हुँदा उनले २५ बलमा ३८ रनको पारि खेलेका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरे । भुर्तेललाई सार्दुल ठाकुरले इशान किशनको हातबाट क्याच गराउँदै पभेलियन पठाएका थिए ।

त्यसपछि क्रिजमा आएका भीम सार्की धेरै बेर टिक्न सकेनन् । भीमले १७ बल फेस गर्दा ७ रनको पारि खेले । यसैगरी कप्तान रोहित पौडेल तेस्रो विकेटको रुपमा आउट हुँदा नेपालले २० औं ओभरमा ९३ रन बनाएको थियो । रोहित ५ रन बनाएर आउट भएभएका थिए ।  चौथो विकेटको रुपमा कुशल भल्ल २ रन बनाएर आउट हुँदा नेपालले १०१ रनब बनाएको थियो ।  यसबीचमा आशिफ शेखले अर्धशतकीय पारि खेल्दै एक एकातर्फको पारि भने सम्हालेका थिए । उनले ८८ बलमा ७ चौकाको मद्दतले अर्धशतक पूरा गरेका थिए । एसिया कपमा अर्धशतक बनाउने नेपालको पहिलो क्रिकेटर बनेका छन् ।

छैटौं विकेटको रुपमा नेपालले गुल्सन झालाई गुमाएको थियो । गुल्सन ३५ बलमा २३ रनको पारि खेलेर आउट भएक ाथिए । उनले ३ चौका प्रहार गरे । यसैगरी दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले नेपालको पारि सम्हाले । ऐरी २९ रनबनाएर एलबीडब्ल्यू आउट भएका थिए । उनले २५ बलफेस गर्दा ३ चौका प्रहार गरे । रनको गति बढाएका सोमपाल कामीले ४८ रनको पारि खेल्दै आउट भए । ५६ बल  खेल्दा २ छक्का र १ चौकाको मद्दतले उक्त रन बनाएका हुन्  । उनलाई मोहम्मद सामीले आउट गरेपछि निराश हुँदै पभेलियन फर्किएका थिए । नवौं विकेटको रुपमा सन्दीप लामिछाने ९ रन बनाएर रनआउट भएका थिए । अन्तिम विकेटको रुपमा ललित राजवंशी खाता नै नखोली आउट हुँदा करण केसी २ रनमा नटआउट रहे ।

भारतका मोहम्मद सामिले ७ ओभर बलिङ गर्दा २९ रन खर्चिएर १ विकेट लिए । यसैग्री मोहम्मद सिराजले ९.२ ओभरमा १ मेडन राख्दै ६१ रन खर्चिएर ३ विकेट लिँदा हार्दिक पाण्ड्याले ८ ओभर बलिङ गर्दा ३ ओभर मेडन रोखर ३४ रन खचिएर १ विकेट हात पारे । यस्तै, रविन्द्र जडेजाले १० ओभरमा ४० रन खर्चिएर ३ विकेट लिँदा कुलदीप यादवले आफ्नो स्पेलमा २ ओभर मेडन राखेर ३४ रन दिए पनि विकेट विहीन बने । 

२३१ रनको लक्ष्यसहित मैदान उत्रिएको भारतले २.१ ओभरमा कुनै पनि विकेट नगुमाएर १७ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्मा र सुभमन गिल क्रिजमा रहेका बेला पानी परेपछि भारतले नयाँ लक्ष्य २३ ओभरमा १४५ रनको पाएको थियो । जुन लक्ष्य भारतले २०.१ ओभरमा कुनै पनि विकेट नगुमाएर जित निकाल्न सफल भयो । भारतका कप्तान रोहित शर्मा ४९ औं अर्धशतक पूरा गर्दै जिन निकाले । रोहित ७४ रनमा नटआउट रहँदा अर्का ओपनर शुभमन गिलले पनि ६७ रनको नटआउट अर्धशतकीय पारि खेले ।  

रोहितले ५ छक्का र ४ चौका प्रहार गर्दा सुभमनले १ छक्का र ८ चौका प्रहार गरे ।

नेपालका करण केसीले ४ ओभरमा २६ रन दिँदा ललित राजवंशीले २४ तथा सन्दीप लामिछानेले ३९ रन खर्चिए । त्यसैगरी सोमपाल कामीले २ ओभरमा २३ रन खर्च गर्दा दीपेन्द्रसिंह ऐरीले १२ तथा कुशल मल्लले ८ रन दिएका थिए । गुल्सन झाले १ ओभर बलिङ गर्दा ७ रन खर्चिए ।