प्रतिनिधिसभा बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । सो बैठक १ बजे बोलाइएको छ । संघीय संसद भवन सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरू सोधिने र त्यसको उत्तर दिइने भएको छ । त्यस्तै सभामुख देबराज घिमिरेले’केही नेपाल ऐनलाइ संसोधन गर्न बनेको बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
यसैविच राष्ट्रिय सभा बैठक पनि आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार बिधायन ब्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राइले ’संविधान अनुसार बन्न बाँकी रहेका कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।
प्रतिक्रिया