काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले विश्वविद्यालयका उपकुलपतिलगायत कार्यकारी र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । आंशिक प्राध्यापकको ब्यवस्थापन तथा प्राज्ञिक क्षेत्रमा भइरहेको बौद्धिक शोषण अन्त्य गर्न माग गर्दै उपकुलपति प्राध्यापक तिर्थ खनियासहित सबै कार्यकारी र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउँदै धर्ना दिइरहेको त्रिवि आंशिक प्राध्यापक संघका महासचिव केशव चन्दले जानकारी दिए ।
शुक्रबार बिहान ९ देखि ५ बजेसम्म प्रवेश निषेध गरेर दबाब दिने र अझैपनि त्रिविले माग पूरा गर्ने बारे सुनुवाई नगरे शनिबारदेखि कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए । वर्षौदेखि प्राध्यापन गराइरहेका आंशिक प्राध्यापकलाई नाम मात्रको पारिश्रमिक दिएर त्रिभुवन विश्वविद्यालयले बौद्धिक शोषण गरिरहेको र समस्या समाधानका लागि प्रभावकारी अग्रसरता नलिएकाले आन्दोलन गर्नुपरेको महासचिव चन्दले जानकारी दिए ।
प्रतिक्रिया