कोशी सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ । गत शुक्रबार सो रिटमा सुनुवाइ स्थगित भएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आफ्नो इजलासमा परेको उक्त मुद्दाको सुनुवाइमा बस्न नमानेपछि सुनुवाइ स्थगित भएको थियो । रिटको पेशी आजका लागि तोकिएको हो ।
मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्रि हिक्मतकुमार कार्कीले रिट दायर गर्नुभएको थियो । सर्वोच्चले मूख्यमन्त्री थापालाई दीर्घकालीन असरका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।पुर्व मुख्यमन्त्रि कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा न्यायाधीश खतिवडाको इजलासबाट अन्तरिम आदेश भएकाले खतिवडाले सुनुवाई गर्न नमान्नुभएको हो ।
प्रतिक्रिया