डिफेन्डिङ च्याम्पियन श्रीलंकाले एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । श्रीलंकाले घरेलु मैदानमा पाहुना टोली बंगलादेशमाथि ५ विकेटको सहज जित निकालेको हो ।
बंगलादेशले दिएको १६५ रनको लक्ष्य श्रीलंकाले ३८.६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । श्रीलंकाले लगातार ११ एक दिवसीय क्रिकेटमा जित निकालेको छ ।
सुरुआत भने श्रीलंकाको खराब हेको थियो । ४३ रन बनाउँदा ३ विकेट गुमाएको श्रीलंकालाई सदिरा समरविक्रमाले सम्हालेका थिए । उनले ५४ रनको अर्धशतकीय पारि खेल्दा चरिथा असलंकाले पनि नटआउट अर्धशतकीय पारि खेलेर लक्ष्य पूरा गरे । उनले ६२ रन बनाउँदा कप्तान दासुन सनकाले १४ रनको नटआउट पारि खेले । यसैगरी पथुम निसनकाले १४ रन बनाएका थिए । बंगलादेशका लागि तक्सिन अहमद, सेरफुल इस्लाम र मेहदी हसनले एक एक विकेट लिँदा साकिव अल हसनले सर्वाधिक २ विकेट लिए ।
पहिला ब्याटिङ गरेको बंगलादेशले ४२.४ ओभरमा सवै विकेट गुमाएर १६४ रन बनाएको थियो । बंगलादेशका लागि नजमुल होसने सान्तोले ८९ रनको पारि खेलेका थिए । तविद हिरिदोले २० रन बनाउँदा मोहम्मद नइमले १६ रन बनाए । मुस्फिकुर रहिमले १३ रन बनाउँदा कप्तान हसनले ५ रनमात्रै जोडे ।
बंगलादेशमाथि श्रीलंकाका मथिसा पाथिरत्ना पुरै हावी भए । उनले सर्वाधिक ४ विकेट लिए भने महिषा तिक्ष्णाले २ विकेट लिँदा धनञ्जय डी सिल्भा, डुनिथ विलिज र दासुन सनकाले एक एक विकेट लिए ।
प्रतिक्रिया