पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाल एकदिवसीय वरियताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग २३८ रनले पराजित भएको छ ।
पाकिस्तानको मुल्तानमा घरेलु टोली पाकिस्तानले बनाएको ३ सय ४२ रनको जवाफी लक्ष्यसहित मैदानमा उत्रिएको नेपाल २३.४ ओभरमा १०४ रन अल आउट भएको थियो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाउँदा आरिफ शेखले २६ रन बनाए । पाकिस्तानका सदाब खानले ४ विकेट लिए ।
पहिलो विकेटको रुपमा कुशल भुर्तेल आउट भएका थिए । उनले ४ बलमा ८ रन बनाउँदा २ चौका प्रहार गरे । त्यसलगत्तै क्रिजमा आएका रोहित पौडेल पहिलो बलमै एलबी डब्ल्यू आउट भएका थिए । त्यसपछि टिमको स्कोर १४ रन हुँदा आशिफ शेख ५ बलमा ५ रन ब नाएर आउट भए । सुरुका दुई विकेट सहेन साह अफ्रिदीले लिएका थिए । त्यसपछि नसिम साहले पाकिस्तानलाई तेस्रो सफलता दिलाएका थिए ।
१४ बलमा ३ विकेट गुमाएको नेपालको पारिलाई आरिफ शेख र सोमपाल कामीले सम्हालेका थिए । यी दुईले ५९ रनको साझेदारी गरेका थिए । ७८ बल फेस गरेका थिए । तर १४.४ ओभरमा नेपालको स्कोर ७३ रन भएका बेला नेपालले चौथो विकेट गुमायो । नेपालका आरिफ शेख २६ रन बनाएर आउट भए । ३८ बल फेस गर्दा ५ विकेट लिए ।
उनलाई हारिस रौफले आउट गरेका थिए । यसैगरी १७ औं ओभरमा नेपालले पाँचौं विकेटको रुपमा सोमपाल कामी आउट भए । कामीले ४६ बल फेस गर्दा २८ रन बनाए । उनले ४ चौका प्रहार गरे । उनी ४.२ ओभर भएका बेला सोमपाललाई अम्पाएरले आउट दिएका थिए । अफ्रिदीको बलमा आउट दिए पनि डीआरएस रिभ्यूमा उनी नटआउट भएर पारि सम्हालेका थिए ।
सोमपाल आउट भएपछि अहिले क्रिजमा गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले सम्हालेका थिए । तर, दीपेन्द्रसिंह ऐरी ३ रन बनाएर छैटौं विकेटको रुपमा आउट भए । लगत्तै गुल्सन झा व्यक्तिगत १३ रन बनाएर आउट भएका थिए । उनले २३ बल खेल्दा १ छक्का प्रहार गरेका थिए । त्यसपछि क्रिजमा आएका सन्दीप लामिछाने २ बल फेस गर्दा बोल्ड आउट भए । उनले खाती खोल्न असफल रहे ।
नवौं विकेटको रुपमा कुशल मल्ल आउट भएका थिए । उनले ४ बल फेस गर्दा एक छक्का प्रहार गरेपछि नवौं विकेट गुमएको थियो । अन्तिम ब्याटरको रुपमा ललिल नारायण राजवंशी आउट हुँदा नेपालले २३.४ ओभरमा १०४ रन बनाएको थियो । रिभ्यू लिए पनि त्यो काम लागेन । करण केसी ७ रनमा नटआउट रहे ।
पाकिस्तानका सदाव खानले ४ विकेट लिँदा हरिस रौफ र साहेन सा अफ्रिदीले दुई दुई विकेट लिए ।
पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिकर अहमदको सतकमा नेपाललाई पाकिस्तानले जितको लागि तीन सय ४३ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ४२ रनको योगफल बनायो ।
विश्व वरियताको नम्बर एक ब्याटर बाबरले सर्वाधिक एक सय ५१ रनको योगदान दिए । उनले एक सय ३१ बलमा चार छक्का र १४ चौकाको मद्दतमा १५१ रनको योगदान दिएका हुन । बाबरलाई नेपालका सोमपाल कामीको बलमा सन्दीप जोराले खेल सकिन दुई बल बाँकी छँदा आउट गराएका हुन् ।
यसैगरी बाबरले ४१ दशमलव २ ओभरमा आफ्नो करियरको १९औँ शतक प्रहार गरेका हुन् । बाबरले अन्तिम पावर प्लेमा दीपेन्द्रसिंह ऐरीलाई दुई रन हान्दै शतक बनाएका थिए ।
त्यस्तै इफ्तिकरले आफ्नो करियरकै उच्च रन बनाए । उनले ७१ बलमा अविजित एक सय नौ रनको योगदान दिए । यसअघि न्युजिल्यान्डविरुद्ध उनले ९४ रन बनाएका थिए । दुवै खेलाडीले चौथो विकेटको लागि एक सय ३० बलमा दुई सय १४ रनको बलियो साझेदारी गरेका थिए ।
यसैगरी नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका थिए । करणले पाँच दशमलव तीन ओभरमा सुरुआती ब्याट्सम्यान फखर जमानलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराएका हुन् । फखरले २० बलमा तीन चौकासहित १४ रन बनाएका थिए ।
त्यस्तै पाकिस्तानले दोस्रो विकेटका रूपमा अर्का ओपनर इमान उलहकलाई गुमाएको थियो । उनी व्यक्तिगत पाँच रनमा आउट भएका थिए । नेपालका कप्तान रोहितकुमार पौडेलले इमानलाई आउट गराएका हुन् । फखर र इमामले पहिलो विकेटको लागि २१ रनको साझेदारी गरेका हुन् ।
तेस्रो विकेटको रूपमा पाकिस्तानले अनुभवी मोहम्मद रिजवानलाई गुमायो । पचास रनमा ४४ रन बनाइरहेका रिजवानलाई अलराउन्डर दीपेन्द्रसिंह ऐरीले रन आउट गराए ।
रिजवान र कप्तान बाबरले तेस्रो विकेटका लागि एक सय सात बलमा ८६ रनको साझेदारी गरेपछि पाकिस्तान बलियो स्थितिमा पुगेको हो ।
चौथो विकेट स्पिनर सन्दीप लामिछानेको नाममा रह्यो । सन्दीपले १४ बलमा पाँच रन बनाएर खेलिरहेका आघा सलमान कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । त्यस्तै अन्तिम बलमा नेपालका सोमपाल कामीले पाकिस्तानका सदाम खानलाई आउट गराए । सदामले चार रन बनाएका थिए ।
नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको विजेताको हैसियतले एसिया कपमा सहभागिता जनाएको हो ।
प्रतिक्रिया