काठमाडौं । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगे पछि स्थगित भएको छ । मंगलबारको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल भएको थियो । सैद्धान्तिक छलफल निणयार्थ प्रस्तुत गर्ने समयमा सांसदहरूले नियमापत्ति गर्दै गणपूरक संख्याको विषय उठाएका थिए ।
सभामुखको निर्देशनपश्चात् तीन मिनेट घण्टी बजाएर संख्या गणना गर्दा गणपुरक संख्या नपुगेपछि उक्त प्रस्ताव आज निर्णयार्थ प्रस्तुत गरिएन । त्यसपछि आजको बैठक स्थगित गरिएको छ । अर्को बैठक यही भदौ १८ गते दिउँसो १ बजे बस्ने तय गरिएको छ ।
प्रतिक्रिया