देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रीलङ्कामा विशाल ढुङ्गामा ‘रावणको दरबार’, ८ सय फिट माथि पौडी पोखरी

देशान्तर

कोलम्बो । रावणको सुनौलो लङ्काको बारेमा धेरै सुन्नु भएको छ। तर के तपाईँलाई थाहा छ रावणको दरबार कहाँ छ र कति भव्य थियो ? 

यो दरबार देखेर तपाईँलाई विश्वास लाग्दैन कि यो रावणको दरबार हो। किनभने एक पटक यो दरबारमा माथि जान लिफ्ट थियो। हजारौँ लाखौँ वर्षअघि गाडिएको रावणको शव यहाँ रहेको अझै पनि विश्वास गरिन्छ ।

श्रीलङ्कामा सी गिरिया भन्ने ठाउँ छ, जहाँ रावणको दरबार रहेको मानिँदै आएको छ । यस दरबारमा हजारौँ सिँढीहरू थिए तर पनि रावणसम्म पुग्न त्यति बेलाका मानिसहरू लिफ्टको प्रयोग गर्थे। जुन चट्टानमाथि यो दरबार थियो, त्यो निकै ठुलो र भव्य पनि थियो छ। यो विश्वास गरिन्छ कि रावणको साम्राज्य बदुल्लादेखि मध्य श्रीलङ्काको अनुराधापुर, क्यान्डी, पोलोनारुवा र नुवारा एलियासम्म फैलिएको थियो। यो दरबार कुबेरले बनाएको भनिन्छ ।

सी गिरिया चट्टानमा एक धेरै पुरानो दरबारको अवशेष छ। यहाँ सुदृढ टेरेस्ड बगैँचा, पोखरी, नहर, झरनाहरू रहेका छन्। भनिन्छ कि रावणले माता सीतालाई यस स्थानमा केही दिन मात्र राखेका थिए तर पछि उनलाई अर्को ठाउँमा सारिएको थियो । दरबारको भव्यताको बारेमा धेरै विशेष कुराहरू छन् तर सबैभन्दा विशेष भनेको पानीको व्यवस्था हो। धेरै उचाइमा भए पनि दरबारको पानीको व्यवस्था निकै राम्रो बनाइएको थियो, यहाँ रानीहरूका लागि बगैँचा पनि बनाइएको थियो ।

यो रावणको दरबारमा करिब एक हजार सिँढी थिए तर माथि जान लिफ्टको व्यवस्था थियो । श्रीलङ्काका स्थानीय सञ्चारमाध्यमहरूलाई विश्वास गर्ने हो भने रावणको शव रगेलाको जङ्गलमा करिब ८ हजार फिटको उचाइमा ममीका रूपमा राखिएको छ । मृत शरीरमा अनौठो लेप लगाइएको छ ताकि यो कहिल्यै बिग्रन नपरोस्। तर, यसको ठोस प्रमाण भने अहिलेसम्म भेटिएको छैन ।