देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त

देशान्तर

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा भाद्र १० गतेको दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन् । 

यस एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हालको पुँजी रु.१,४५९,२७५,७९०.५०  को प्रति शेयर अंकित रु.१०० को दरले १० कित्ता शेयरको ६.६ को अनुपातमा ९,६३१,२२०.२२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।