देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यस्तो छ, आजको विदेशी मुद्रा विनिमय दर

देशान्तर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८१ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा पुगेको छ । युरो एकको खरिद दर आज १४२ रुपैयाँ ३८ पैसा र बिक्री दर १४३ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको छ । क्यानडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १२ पैसा र बिक्री दर ९७ रुपैयाँ ५६ पैसा रहेको छ ।