काठमाडौँ । भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान प्रभावकारी नभएको भन्दै काठमाडौँको भद्रकालीमा विरोध प्रदर्शन भएको छ । शनिवार बृहत् नागरिक आन्दोलनले भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान फितलो भएको भन्दै खबरदारी गरेको हो ।
बिभिन्न प्रकरणमा गरिएको अनुसन्धान र अभियोजनले सरकार नै भ्रष्टाचार र संगठित अपराधलाई प्रश्रय दिन उद्यत रहेको पुष्टि हुने आन्दोलनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ललिता निवास प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिनको दायरामा ल्याउन, सर्वोच्च अदालतले दिएको आदेशको यान्त्रिक पालना गरेको देखाउन बयान लिने औपचारिकता पूरा गरेर उनीहरूलाई अभियोजन नगरी साक्षीका रूपमा उन्मुक्ति दिएको विज्ञप्तिमा दाबी गरिएको छ।
प्रतिक्रिया