काठमाडौं । मलेसियामा जारी चार राष्ट्र सम्मिलित महिला टी-ट्वान्टी आई अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ ।
मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । वर्षाका कारण खेल रोकिएपपछि १८ ओभरमा घटाइएको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन् । उनले २ चौका र १ छक्का प्रहार गरेकी हुन् । यस्तै इन्दु बर्माले २० रन बनाइन् । काजल श्रेष्ठले २१ बलमा १ चौका सहित १८ रन बनाइन् ।
यस्तै सीता राना मगरले ९ रन जोडीन् ।
नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३८ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया