देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ

देशान्तर


काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि क्रमबद्धरुपमा काम गर्दै आएको बताएकी छन् ।
टीकापुर घटनामा ज्यान गुमाएका १८ महिनाका नाबालक स्व टेकबहादुर साउँदको सालिक अनावरण गर्दैै मन्त्री श्रेष्ठले टीकापुर घटनालाई लिएर बाहिर जे–जस्तो नकारात्मक प्रभाव पार्ने काम भए पनि टीकापुर शान्त रहेको बताइन् ।

टीकापुर घटना राजनीतिक उतारचढावका बीच घटेको घटना भएको जनाउँदै मन्त्री श्रेष्ठले टीकापुर क्षेत्रको सामाजिक सद्भाव स्थापनाका लागि सबैले सकारात्मकरुपमा प्रस्तुत हुन आग्रह गरिन् ।