काठमाडौं । इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ फेला परेको छ । मंगलबार दुईजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको हो ।
मन्त्रालयका अनुसार संक्रमित दुईजनामै सामान्य लक्षण देखिएको छ । उनीहरूमा कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएसँगै अन्य नागरिकहरूलाई बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको छ ।
श्वासप्रश्वाससम्बन्धी रोगको पहिचानको लागि देशभरका ४५० अस्पतालले पठाएको रिपोर्ट चेकजाँच गर्दा दुईजनामाथि नयाँ भेरियन्ट पुष्टि भएको हो । इजी.५ ओमिक्रोन भेरियन्टको अंश हो । अगस्ट ९ मा विश्वस्वास्थ्य संगठनले इजी.५ लाई ओमिक्रोनको अर्को प्रकारको रुपमा वर्गीकरण गरेको थियो ।
प्रतिक्रिया