देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिपक्षले सुनियोजित रुपमा संसद बैठक अवरोध गर्यो :आले मगर

देशान्तर

काठमाडौं । नेकपामाओवादी केन्द्रका सांसद सुरेशकुमार आले मगरले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन प्रतिपक्षले सुनियोजित रुपमा संसद बैठक अवरोध गरेको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद मगरले प्रतिपक्षले संसद बैठक नियतवश र सुनियोजित रुपमा गरिररहेको बताएका हुन् । उनले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन र ऐन, कानूनहरु निर्माण गर्न नदिनका लागि संसद बैठक अवरोध गरिएको बताए ।

सांसद मगरले प्रमुख प्रतिपक्ष दलले सत्तापक्ष हुँदा पनि संसद विघटन गरेको र प्रतिपक्ष हुँदा पनि स–सानो कुरामा बखेडा झिकेर बैठक चल्न नदिएको बताए । प्रतिपक्षको अवरोधको कारण संसद आफ्नो अधिकार र कर्तव्यबाट बिमुख हुनुपरेको उनको भनाई थियो ।